काठमाडौं । सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीमाथि भएको प्रहरी दमन र गिरफ्तारीको बिषयमा पब्लिक स्पिकर २ का बिजेता रमेश पर्साईले आफ्नो विचार सार्वजनिक गरेका छन्ला | समसामयिक विषमा आफ्नो धरान राख्दै सामाजिक संजालमा निकै चर्चामा रहेका रामेशले यतिबेला ट्रमा सेन्टर उपचार गराइरहेका शाहीको समर्थनमा आफ्नो भिडियो सार्वजनिक गरेका छन् | भिडियो मार्फत ज्ञानेन्द्र शाहीलाई एउटा सार्वजनिक कार्यक्रमबाटै गिरप्तार गरिनुका साथै चार यातना दिएको आरोप लागेको प्रहरीको बिषयमा सत्य तथ्य छानबिन हुनुपर्ने माग समेत रमेशले गरेका छन् |

 

 

गते १५ गते गणतन्त्र दिवसको दिन सुर्खेतमा आयोजित भ्रष्टचार विरुद्ध कार्यक्रमबाटै प्रहरीले शाहीलाई विना पुर्जी लछारपछार गर्दै पक्राउ गरेको थियो। पक्राउ पछि प्रहरीले यातना दिएकै कारण ठाउँको, खुट्टा र शरीरको विभिन्न भागमा गहिरो चोट लागेर गम्भीर घाइते भएका थिए। पत्रकारलाई गाली गरेको अभियोगमा उनीमाथि साइबर क्राइमको मुद्दा लागेको छ। प्रारम्भिक अनुगमनका क्रममा शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको र उनलाई पक्राउ विनपूर्जी पक्राउ गरेको पाइएको मानवअधिकार आयोगलेले विज्ञप्तिमार्फत जनाएको छ ।

 

 

त्यस्तै यता शाहीको प्रभावकारी स्वास्थ्य उपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलान आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । यातना दिएको उजुरी परेपछि आयोगले १७ गते घटनाको अनुगमन गरेको थियो । हाल शाहीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था निकै कमजोर रहेको छ। उनी निकै रोईरहेका छन् र छिन् छिन् मै बेहोस पनि भएका छन्। अस्पतालमा शाहीका समर्थकले ‘ज्ञानेन्द्र शाहीलाई रिहाइ गर’ देखि उपचार खर्च निशुल्क गर भन्दै नारा लगाई रहेका छन् ।भिडियो हेर्नुहोस:

 

 

प्रतिक्रिया

सम्बन्धित खवर