इटहरी।भ्रष्टाचारीहरुलाई भटाभट धरौटी लिदैं छुटाउने अनी राष्ट्रमा भएका अनेकौं व्यथीती हरुको विरुध्दमा बुलन्द आवाजहरु निकाल्दै सबैलाई सचेतना जगाउने राष्ट्रभक्ती मनहरुलाई किन दागाधरीदैं छ आज सरकार बाट यो बुझ्न सकिएन ।भ्रष्टाचार बिरुद्वका अभियन्ता ज्ञानेन्द्र शाहीलाई छिटो भन्दा छिटो रिहाई हुनु पर्छ लिलाराज खतिवडा प्रहरी दमनको घोर भत्सना गर्दछु ।

पत्रकारहरुलाई ‘दलाल र कुकुर’ भन्दै अनलाइनमा अन्तर्वार्ता दिएका जुम्लाका ज्ञानेन्द्र शाहीलाई जेठ १५ गते प्रहरीले पक्राउ गरेलगत्तै यहाँका पत्रकारहरुमाथि सामाजिक सञ्जालमार्फत आक्रमण सुरु भएको थियो। आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने शाहीका समर्थकहरुले यहाँका पत्रकारहरुलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने धम्की दिनुका साथै श्रद्धाञ्जलीसमेत व्यक्त गरिरहेका थिए ।

 

यहाँका पत्रकारहरुले सामाजिक सञ्जालमार्फत धम्की दिनेविरुद्ध विद्युतीय कारोवार ऐन अन्र्तगत मुद्दा दर्ता गर्ने तयारी गरेका छन्। ‘सामाजिक सञ्जाल र फोनमार्फत बारम्वार धम्कीहरु आइरहेका छन्, असुरक्षा बढ्दै गएको छ’ प्रदेश अध्यक्ष थापाले भने, ‘सामाजिक सञ्जालमार्फत धम्की दिनेविरुद्ध कानुनी कारवाहीमा जाने तयारीमा छौं।’ यहाँका पत्रकारहरुले मंगलबार विभिन्न छ जनाविरुद्ध धम्की विद्युतीय कारोवार ऐन अन्तर्गत मुद्दा दिने तयारी गरेका छन्।

 

‘हिरासत कक्षमा यातना दिएका छैनौं’

आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउने जुम्लाका शाहीलाई पक्राउ लगत्तै हिरासत कक्षमा नराखेर काठमाडौं पठाइएको प्रहरीले बताएको छ। शाहीलाई जेठ १५ गते खुल्लामञ्चबाट प्रहरीले पक्राउ गरेको थियो। शाहीलाई पक्राउ पूर्जीविनै पक्राउ गरेर हिरासतमा चरम यातना दिइएको भन्दै विरोध भइरहेका बेला कर्णाली प्रदेश प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर घटनाका बारेमा जानकारी दिएको हो।

 

‘घटनाका सन्दर्भमा एक पक्षीय कुराहरु बाहिर आएकाले आम जनतामा भ्रम सृजना भएको छ’ सोमबार पत्रकार सम्मेलन गरेर डिआइजी महेशविक्रम शाहले भने, ‘हिरासतमै नराखेको व्यक्तिलाई प्रहरीले यातना दियो भन्नु सरासर गलत हो।’

 

 

डिआइजी शाहले खुल्लामञ्चमा भइरहेको कार्यक्रम सम्पन्न भए लगत्तै पक्राउ पूर्जी दिएर शाहीलाई पक्राउ गरिएको र सो क्रममा उनका समर्थकहरुले प्रहरीमाथि ढुंगामुडा गरेको बताए। ‘उनका समर्थकहरुले प्रहार गरेको ढुंगा लागेर छ जना प्रहरीसहित उनी पनि घाइते भएका हुन्’ शाहले भने, ‘प्रहरीले हिरासतमा राखेर यातना दिएको होइन्।’

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय