१० चैत । नेकपा (एमाले) स्थायी कमिटी बैठक एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नीजि निवास बालकोटमा बसेको छ ।

बैठकले तत्काल प्रदेश नम्वर दुईसँगै प्रदेश स्तरीय विस्तारित भेला गर्ने निर्णय गरेको छ । त्यसैगरी एमालेले जिल्ला, नगर र गाउँ तहसम्म भेला गर्ने पनि निर्णय गरेको छ । ‘वैशाख १ देखि प्रदेश नम्वर दुईमा पनि निर्वाचन केन्द्रित कार्यक्रम गर्छौ,’ एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘त्यसैगरी वैठकले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा सबै एक ढिक्का भएर खट्ने निर्णय गरेको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

वैठकले स्थानीय तह निर्वाचनलाई नै केन्द्रित गरेर जिल्ला, नगरपालिका र गाउँ तहसम्म निर्वाचन परिचालन कमिटी निर्माण गर्ने निर्णय गरेको छ । वैठकले मतदाता शिक्षा चलाउने लगायतका पनि निर्णय गरेको छ । त्यसैगरी स्थानीय तहको निर्वाचनमा उठ्ने उम्मेदवारहरुको मापदण्ड पनि एमालेले तयार गरेको छ ।

मापदण्डमा पार्टीप्रति वफदार, जनताका बीचमा लोकप्रिय, निर्वाचनमा विजयी हुने निश्चित भएको व्यक्तिलाई प्राथपिमता दिइने उल्लेख छ । त्यसैगरी समावेशीतालाई पनि एमालेले ध्यान दिने भएको छ ।