झापा । सवारी दुर्घटनामा परी प्रहरी निरीक्षकसहित दुई जना भएका छन् । घाइते हुनेमा इलाका प्रहरी कार्यालय झिलझिलेमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र बिर्तामोड ४ बस्ने ३५ बर्षीया सुनिता गिरी घाइते भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका ४ चिया बगान स्थित मेची राजमार्ग अन्तरगत उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बा १० च १२६४ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा प्रहरी निरीक्षकसहित दुई जना घाइते भएका हुन् ।
घाइते दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । झिलझिलेमा कार्यरत प्रहरी निरीक्षक गिरी जेठ १५ गतेदेखि बिदामा बसेका थिए ।




