दमक/ झापाको दमकको सडकमा ३ दिनदेखि बेवारिसे अवस्थामा लडिरहेका एक बृद्धलाइ हिजो साँझ उद्धार गरेर सरकारी दमक अस्पताल पुर्याइएको छ ।
रोटरी क्लव अफ दमकका कार्यवाहक अध्यक्ष सन्दिप चापागाँइm जीबनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतमको पहलमा वडा नं. ९ का वडासदस्य समिन रिजाल र इलाका प्रहरी कार्यालय दमकको क्यूआरटी टिमले राती ८ बजे सडकबाट अस्पताल पुर्याएको हो ।

स्थानीयहरुका अनुसार केहि दिनदेखि सडक किनारमा नै रहेपनि शुक्रबार घिस्रदै सडकमा नै उनि पुगेका थिए । खुट्टा र जिउ नचलेपछि उनि सडकमा उत्तानो परेर सुतेको अवस्थामा उद्धार भएको थियो ।
बोली स्पष्ट नबुझिएका उनले पथरी शनिश्चरे ४ आफ्नो घर भएको र नाम कृष्णकुमार चौधरी भएको बताएकाछन् । सडकमा किचेर ज्यान जान्छहोला भनेर सिटीमा हालेर दमक अस्पतालमा पुर्याएर छाडेको हुँ, रोटरीयन चापागाइले भने ।

जीबन चक्र समाज नेपालका अध्यक्ष गौतमले आफुले दूइदिन अघि देखि उद्धारको प्रयास गरेपनि कसैले चासो नदिएका कारण सडकमा नै रहेका बृद्धको विहिबार सबैको चासो गएकाले उद्धार भएको हो ।




