दमक/झापाको दमकमा आज पौड्याल वंशोद्धार दमक नगर समितिले तेस्रो अधिवेशन तथा उत्तरायण गोठपूजाको अवसर पारेर पौड्याल वंशका ज्येष्ठहरुलाई सामुहिक सम्मान गरेको छ ।

दमक ७ स्थित लेखनाथ मार्गमा रहेको पौड्याल वंशोद्धार केन्द्रिय समितिको निर्माणाधिन भवनमा आयोजित कार्यक्रममा दमक ८ का ९९ बर्षिय नरबहादुर पौडेल, दमक ३ की ९४ बर्षिया धनमाया पौडेल, ९३ बर्षिय हरिनारायण पौडेल, दमक ७ की ९० बर्षिया लक्ष्मीमाया पौडेल दमक ६ का ८८ बर्षिय केदारनाथ पौडेल, दमक ७ का ८६ बर्षिय गंगा बहादुर पौडेल र ८५ बर्षिया हर्कमाया पौडेललाई नगद, सम्मान पत्रसहित खादा ओढाएर सम्मान गरिएको हो ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी पौड्याल वंशोद्धार केन्द्रिय समितिका अध्यक्ष लोकनाथ पौड्याल, पूर्व अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भीम प्रसाद पौडेल, विशेष अतिथीहरु प्रथम उपाध्यक्ष प्रल्हाद पौड्याल, उपाध्यक्ष सुरेश कुमार पौडेल, महासचिव युवराज पौडेल, कोषाध्यक्ष, शशिराज पौडेल, केन्द्रिय सदस्य रामकुमारी पौडेल, पूर्व कोषाध्यक्ष मन्दरा पौडेल, दमक उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य ज्ञाननाथ ( ज्ञानु) पौडेल लगायत अतिथीहरुले सम्मान गरेका हुन् ।


सो अवसरमा पौड्याल वंशका कूल गुरु जगन्नाथ पौडेलले गोठधुप पूजाको महत्व र भातृत्व एकताका बिषयमा प्रकाश पारेका थिए । नगर समितिका कार्यवाहक अध्यक्ष बुद्धिमान पौडेलको सभापतित्वमा शुरु भएको अधिवेशनको उद्घाटन कार्यक्रमका वक्ताहरुले शुभकामना मन्तव्य संगै निर्माणाधिन पौड्याल वंशोद्धार केन्द्रिय समितिको भवन निर्माणलाई यथाशक्य छिटो पूर्णता दिनुपर्नेमा सामुहिक जोड दिए । सो भवन निर्माणमा हाल सम्म पौड्याल वन्धुहरुबाट करीब २२ लाख रुपैयाँ सहयोग प्राप्त भई निर्माणाधिन अवस्थामा रहेकाले थप बजेट आवश्यक परेको कार्यवाहक अध्यक्ष पौडेलले बताउनु भयो । अधिवेशनमा समितिको बार्षिक गतिबिधि, संगठनात्मक अवस्था, भावी योजना तथा कार्यक्रमहरु र आय व्यय विवरण समेत समेटिएको प्रतिवेदन अध्यक्ष बुद्धिमान पौडेलले प्रस्तुत गर्नुभएको थियो । अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने जनाइएको छ ।

भवन निर्माण पश्चात सो भवनमा विवाह, व्रतबन्ध लगायत विभिन्न सभा समारोहहरु सञ्चालन गर्न समेत उपयोग गर्न सकिने भएकाले साझा प्रयासबाट भवन निर्माणलाई पूर्णता दिनु पर्ने अवस्था रहेको वडाध्यक्ष समेत रहेका भीम प्रसाद पौडेलले जानकारी दिनु भएको छ ।


उद्घाटन कार्यक्रममा नगर समितिका उपाध्यक्ष झप्ट बहादुर पौडेलले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन नगर सचिव हरीकृष्ण पौडेलले गरेका थिए ।

सो अवसरमा जनाइए अनुसार यहि असार १ गते चितवनको देवघाटमा पौड्याल वंश संग सम्बन्धित , वशंहित र एकताको उदेश्य राखेर देशैभर स्थापना गरिएका समितिहरुको समायोजन गरि एउटै केन्द्रिय समिति गठनका लागि पहल भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय