काठमाडौं–तपाईँ घर बनाउन चाहनुहुन्छ वा गाडी खदि गर्न चाहनुहुन्छ तर तपाइसँग पैसा नै छैन । ऋण लिन विभिन्न बैंक धाइरहन मन पनि छैन । यदि त्यसो हो भने अब कर्जाका लागि बैंकहरु धाउँदै हिँड्ने दिन सकिएको छ ।

अब कर्जा बजार डटकमले विभन्न बैंकहरुको एकैथलोबाट कर्जाबारे जानकारी गराउँनेछ । ऋण लिन चाहनेले घरमै बसेर कर्जा बजार डटकम लगइन गरेर त्यहीबाट कुन बैंकमा सस्तो ऋण पाइन्छ भन्ने बारे जानकारी लिन सक्नुहुनेछ ।

व्यक्रिगत कर्जाका लागि नेपालमै पहिलोपटक टिजिटल बजारको रुपमा कर्जा बजारको शुरुवात भएको छ । कर्जाबजारबाट प्रयोगकर्ताहरुले बित्तियसंस्थाहरु बाट प्रदान गरिने विभिन्न खालका खुद्रा कर्जाहरु (घर,

सवारी साधन, अचल सम्पत्ति कर्जा, क्रेडिट कार्ड आदि) का बारेमा व्याजदर, कार्यान्वयनका शर्तहरु, प्राप्त गर्नका लागि बैंकले तोकेका मापदण्ड आदिका बारेमा जानकारी पाउन सक्नेछन् ।

यसका साथै वेवसाईटमा व्यक्तिगत कर्जा र क्रेडिट कार्डको आवेदनका लागि थालिने प्रकृया समेतका बारेमा पनि हेर्न सक्नेछन ।

तीनवटा बाणिज्य बैंकहरु (स्टान्डर्ड चार्टर बैंक, एन.एम.बि. बैंक, लक्ष्मी बैंक) र क्षेत्रीय विकास बैंक (सिन्धु विकास बैंक) ले कर्जाबजार संग सम्झौता गरिसकेका छन । कर्जाबजारले ग्राहकलाई आकर्षण गर्न लागत प्रभावी र नविन माध्यमका रुपमा कार्य गर्ने हुँदा अझै बढि बैंक र बित्तिय संस्थाहरु पनि यसमा संलग्न हुने अपेक्षा गरिएको छ ।

प्रमुख सञ्चालन अधिकृत बिकल चौलागाइले अहिले चारवटा बैंक कर्जाबजारमा आबद्ध भएपनि अन्य बैंकहरु आबद्ध हुने प्रक्रियामा रहेको बताए ।

उनका अनुसार प्रारम्भिक चरणको ऋणको प्रक्रियाका लागि कर्जा बजारमार्फत जान सकिनेछ । र बाँकी प्रक्रिया बैंक मार्फत नै अघि बढ्नेछ ।

कर्जाबजारले व्यक्तिगत कर्जादारहरुको योग्यताको आंकलन गर्न सक्षम हुन भनि आफ्नै स्वामित्वमा क्रेडिट स्कोरिङ सुत्र को पनि बिकास गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah