दमक/झापाको दमकमा डेंगु बिरुद्धको अभियान प्रभावकारी भएको बताईएको छ ।

अहिलेसम्म एकजना पनि डेंगुको बिरामी दमकमा फेला नपरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले डेंगुबाट बच्नका लागि सावधानी अपनाउन पनि आग्रह गरेकाछन् ।

नगरपालिकाले यस रोग बिरुद्ध सूचना पनि जारी गर्दै सचेत गराउदै आएको छ ।

“ डेंगुरोग बाट आफुपनि बचौ अरुलाईपनि बचाऊ ”

बर्षायामको शुरुवात सँग सँगै डेंगु रोगको महामारी फैलन सक्ने सम्भाब्यतालाई ध्यानमा राख्दै दमक नगरपालिका क्षेत्रभित्र डेंगुरोग नियत्रणको लागी लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान संचालन हुने भएको हुदा सम्पुर्ण नगरबासी लाई सहभागि भईदिनुहुन अनुरोध छ ।

डेंगु रोग भाइरस बाट हुने र एडिस एजिप्टाई जातको संक्रमित पोथि लामखुट्टेको टोकाई बाट सर्ने संक्रमक सरुवा रोग हो । यो रोग सार्ने लामखुट्टे बाघको जस्ता वुट्टा भएको हुन्छ जसलेगर्दा यसलाई बाघ लामखुट्टे पनि भनिन्छ । यो लामखुट्टे स–साना सफा पानि जम्ने टीन का डब्बाहरु, रंगका खाली डब्बाहरु,थोत्रा फालेका टायरहरु,अलकत्र वा मट्टितेलका खालि ड्रमहरु,फुलदान,कुलर,पानिका ट्यांकी आदिमा जमेको सफा पानि मा यसले फुल पार्दछ ।

डेंगु रोगका मुख्य लक्षण हरु

 एक्कासी उच्च ज्वरो आउनु

असाध्यै टाउको दुख्नु

 आँखाको गेडी तथा पछिल्लो भाग दुख्नु

 ढाड,जोर्नि तथा मांसपेशीहरु दुख्नु

 शरिरमा विमिरा आउने

 रक्तश्राव हुने

एक्कसी उच्च ज्वरो आई माथिका दुइ वा दुइ भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगु ज्वरो भएको शङ्का गर्न सकिन्छ । यो रोगका लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क राख्नुहुन अनुरोध छ ।

डेंगुरोग ज्वरोबाट बच्ने उपाय

 डेंगु ज्वरो बाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुको साथै लामखुट्टेको बृद्धी रोक्नु पर्दछ

 थोरै र सफा पानि जम्न सक्ने भाडाहरु जस्तै गमला,फुलदान, खालीबट्टा अलकत्र वा मट्टितेलका खालीड्रम ,गाडिको काम नलाग्ने टायर आदिमा पानिजम्न नदिने उपाय गर्नु पर्दछ ।

 पानिका ट्यांकिलाई लामखुट्टे प्रवेश गर्न नदिनेगरी ढाकेर राख्नु पर्दछ ।

 कुलर र एसि फ्रिजको ध्बकतभ दयह बक्समा रहेको पानिमा प्रत्येक हप्ता एक वा दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानि सफा गर्ने

 फुलदानीमा रहेका पानि हप्तामा दुई पटक फेर्नु पर्दछ ।

 यस लामखुट्टेले दिउसो टोक्नेहुदा दिउसो बस्दा पनि प्राय पुरा बाउला भएको वा शरिर पुरा ढाक्ने कपाडा लगाउनु पर्दछ ।

 सम्भब भए सम्म दिउसो सुत्दापनि झुलको प्रयोग गर्नु पर्छ साथै साना केटाकेटी लाई जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ ।

 लामखुट्टेको टोकाई बाट बच्न लामखुट्टे भगाउने मलमहरु दल्नपनि सकिन्छ ।

जानकारकिो लागी

जथाभावी पानी जम्नेगरी सडको आसपास तथा खुल्ला ठाउँमा थोत्रा टायरहरु र पानी जम्ने खालका पोटल तथा डिब्बाहरु नराखौ ।

यो सुचाना जारीगरे पश्चात पनि लापरवाई पुर्वक जथाभावी पानी जम्नेगरी टायरहरु फालिएको पाइएमा नगरपालिकाको गाडिमा टायरहरु उठाई उचित ठाँउमा ब्यवस्थापन गरिने ब्यहोरा सर्बसाधारणको लागी जानकारी गराइन्छ ।

जनहितमा जारी

दमक नगरपालिका ,

दमक, झापा ।