दमक/झापाको दमकमा सडकमा वेवारिसे अवस्थामा भेटिएका एक बृद्धको उपचार एवं हेरचाहका लागि लायन्स क्लव अफ माउण्ट एभरेष्ट र बेलसिटीले आवश्यक सहयोग गर्न शुरु गरेकाछन् । दमक अस्पतालले निशुल्क रुपमा उपचार गरेपनि सरसफाइ तथा यहाँ नपाइने औषधिको ब्यवस्थापन आफुहरुले गर्ने उनिहरुले बताएकाहुन् ।

माउण्ट एभरेष्टका अध्यक्ष मनोज अग्रवाल, सचिब रामकुमार थपलिया र कोषाध्यक्ष बुद्धिशेखर भट्टराइ, बेलसिटीका अध्यक्ष नगेन्द्र भट्टराइले बृद्धको उपचार एवं सहयोगमा चासो देखाएकाहुन् । बेलसिटीका अध्यक्ष  अस्पतालका सूचना अधिकारी समेत रहेका बेलसिटीका अध्यक्ष भट्राइले उपचारमा कुनै कमी हुन नदिने जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक चोकबाट वडा सदस्य समिन रिजाल, रोटरीयन सन्दिप चापागाइ, सामाजिक अगुवा युवा गणेश गौतम लगायत दमक प्रहरीको सहयोगमा ४ दिनअघि अस्पताल पुर्याईएको थियो ।

दमक सेफ हाउसकी सञ्चालिक बसन्त लक्ष्मि उदास पनि अस्पताल आएर बृद्धको अवस्थाको बिषयमा चासो राखेकीछन् । उनले पथरी शनिश्चरेका मेयर दीलिपकुमार राइलाइ समेत यस बिषयमा जानकारी गराएपछि उनि पनि आएका थिए ।

बृद्धले आफ्नो घर पथरी शनिश्चरे भएको बताएका थिए । तर उनको घर पत्ता लागेको छैन । मेयर राइले बृद्धको घर पत्ता लगाइने बताए । उनले तत्कालै एकजोर कपडा किनेर पनि दिएका थिए ।