दमक/पुर्वमा नै पहिलो पटक पर्यटन तथा होटल ब्यवस्थापनको क्षेत्रमा ब्यवसायीक सीप प्रदान गर्ने उदेश्यले दमकमा खुलेको पाथिभरा कुलिनरी आर्ट प्रा.लि. यस क्षेत्रको एउटा फरक पहिचान बोकेको तालिम प्रदायक संस्था बनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमकका साथै झापा जिल्ला एवं आसपासका क्षेत्रका स्थानीय तहहरुबाट बेरोजगार युवाहरु यहाँ आएर सीप सिकेर दक्ष बनेर रोजगारी पाइरहेको दाबी गरिएको छ । इलाम, मोरंग र सुनसरीबाट समेत धेरै यहाँ आउने गरेकाछन् ।

स्थानीय सरकारसंग समन्वय र सहकार्यमा बिभिन्न छोटो किसिमका तालिमहरु प्रदान गरिदै आएको र सस्तो एवं गुणस्तरीय रुपमा सीप सिकाउने आफुहरुको उदेश्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत ताराबिर थापाले बताए ।

थापाका अनुसार यहाँ डिप्लोमा इन कुलिनरी आर्ट ६ महिने कोर्ष र छ महिने तथा एकबर्षे इन्टरसीप, डिप्लोमा इन होटल म्यानेजमेन्ट ६ महिने कोर्ष र एकबर्षे इन्टरसीप मुख्य रुपमा गराइन्छ ।

दमकको वडा नं. ९ स्थित सरस्वती माबि जाने बाटोमा रहेको ख कुलिनरी आर्टसमा कुकिङसम्बन्धी विशेष शिक्षा दिने जनाइएको छ । यस शिक्षालयबाट विद्यार्थीहरू कुकिङमा पोख्त हुने थापाले प्रष्ट पारे । विश्वस्तरीय मापदण्डमा आधारित कुकिङसम्बन्धी शिक्षा दिने थापाले बताए ।

एक वर्षको कोर्स अवधि रहेको एकेडेमीमा ६ महिना सिद्धान्त ६ महिना देखि एकबर्ष इन्टर्नसिप गराउने छ । या विश्वस्तरीय गुणस्तरको विशुद्ध भोकेसनल (ब्यवसायीक) तालिम भएको र यसले बृहत रोजगारी सिर्जना गर्नमा सहयोग पुर्याउने विश्वास लिएका छौ, थापाले भने ।

भोकेसनल (ब्यवसायीक) शिक्षा भनिए पनि यो एकेडेमीमा भर्ना हुनको लागि न्यूनतम प्लस टु पास गरेको हुनै पर्ने मापदण्ड छ । विशुद्ध सीपमूलक तालिम भए पनि यो डिग्री अन्तराष्ट्रियस्तरको भएकोले न्यूनतम योग्यता राखिएको बताइन्छ ।

यहाँको सिकाइपछि एकेडेमीले नै उत्कृष्ट विद्यार्थीहरूको लागि जब प्लेसमेन्टको व्यवस्था गरिएको थापाले बताए । विश्वभर अत्यधिक माग भएको कुकिङमा दक्षता भएको पेसामा जागिरको चिन्ता नहुने उनको भनाइ छ । अस्ट्रेलियामा र न्यूजिल्याण्डमा यसको अधिक माग रहेको छ । गल्फमा पनि पछिल्लो समयमा यसको माग धेरै रहेको छ ।

थापाका अनुसार शुद्ध कुलिनरी सीप प्रदान गर्ने संस्थाहरू यस आसपासमा बैधानिक रुपमा नभएको र अहिलेको विश्वमा यसकै माग उच्च भएकोले नठगिन आग्रह गरे । पाँचतारे, साततारे होटेलहरूमा कसरी कुकिङ योजना बनाउने, कसरी पौष्टिक आहार बनाउने भनेर गहिराइमा पुगेर प्रयोगात्मक तरिकाले सिकाउने र जसको कारण कोही पनि बेरोजगार नहुने बताइन्छ ।