काठमाडौं, २८ जेठ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट ह्याक भएको छ ।

टर्किस साइबर आर्मी ‘अयिल्दिज टिम’ ले सोमबार राति अमिताभ बच्चनको ट्वीटर ह्याक गरेको हो । ह्याकरले उनको ट्वीटरमा टर्की र पाकिस्तानसँग सम्बन्धित सन्देश पोस्ट गरेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ह्याकरले अमिताभ बच्चनको प्रोफाइल तस्वीर हटाएर पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर राखिएको छ । ‘यो पुरै विश्वका लागि सन्देश हो,’ ह्याकरले अमिताभ बच्चनको ट्वीटरमा लेखेका थिए, ‘हामी टर्कीका फुटबलरप्रति आइसल्याण्डको गैरजिम्मेवार व्यवहारको निन्दा गर्छौं, हामी विस्तारै बोल्छौं ।’

युरो २०२० क्वालिफाइङ म्याच खेल्नका लागि आइसल्याण्ड गएको टर्किस फुटबल टिमलाई विमानस्थलमा गहन चेकजाँच गरिएको थियो । ह्याकरको पहुँचबाट अमिताभ बच्चनको ट्वीटर अकाउन्ट फिर्ता लिइएको भारतीय अधिकारीहरुले जनाएका छन् । ह्याकरले गरेका सबै ट्वीट हटाइएको छ । एजेन्सी