कठामाडौँ । चीनको दक्षिणपश्चिम क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण १७ जनाको मृत्यु भएको छ । गौन्छी झुङ स्वशासित क्षेत्रमा आएको अत्यधिक वर्षाका कारण उनीहरुको मृत्यु भएको आपत्कालीन विभागका अधिकारीहरुले बुधबार जनाएका छन्।

झण्डै एक हप्तादेखि अविरलरुपमा परेको वर्षाका कारण पाँच लाख ९० हजार मानिस प्रभावित भएको उनीहरुको भनाइ छ। प्राप्त पछिल्लो विवरणअनुसार ३० हजारभन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएका छन् । उनीहरुलाई अन्य ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अत्यधिक वर्षाका कारण बाढी पनि आएको छ । बाढीले ३४ हजार ६ सय हेक्टर जमिनको बाली नष्ट गरिदिएको छ। अधिकारीहरुले दिएको जानकारी अनुसार अहिलेसम्म झण्डै एक हजार ७४७ घरमा वर्षा र बाढीले असर पारेको छ भने तीमध्ये ९६६ वटा घर नराम्रोसँग क्षति भएका छन्।