जेठ ३१, २०७६

चितवन– तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता द्रोणबाबु शिवाकोटी र मधु न्यौपाने स्थानीय तह निर्वाचनका बेला भरतपुर महानगरपालिकामा मतपत्र च्यातेको घटनामा कसुरदाता ठहरिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आजको कान्तिपुर दैनिक लेख्छ–चितवन जिल्ला अदालतले बिहीबार उनीहरुविरुद्ध दोषी ठहर भएको फैसला सुनाएको हो ।

उनीहरुको सजाय भने निर्धारण भएको छैन । मुद्दामा सरकार पक्षले एक लाख रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय मागेको छ । सजाय निर्धारणका लागि भने असार ५ गतेलाई पेसी तोकिएको समाचारमा उल्लेख छ । मतगणना अन्तिम हुँदै गर्दा २०७४ जेठ १५ गते मध्यरातमा मतपत्र च्यातिएको थियो ।