दमक/झापाको दमकमा एकसाता अघि आगलागिबाट मोवाइल पसलमा क्षति भएपछि मोवाइल ब्यवसायी संघ दमकले राज अग्रवालले सञ्चालन गरेको दन्तकाली टेर्डर्सलाइ २५ हजार २५ रुपिया राहत सहयोग गरेको छ ।

एकआपसमा रकम संकलन गरेर उक्त सहयोग गरिएको संघका अध्यक्ष भेनस श्रेष्ठले बताए । संघका सदस्य रहेका अग्रवालको पसलमा आगलागि हुँदा लाखौको क्षति भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र संघका पुर्व प्रथम उपाध्यक्ष गोकुल श्रेष्ठको उपस्थितिमा राहत प्रदान गरिएको संघका सचिब खेम सापकोटाले बताएकाछन् ।

मोवाइल ब्यवसायी संघले अगामि दिनमा स्थायी प्रकृतीको राहत कोष स्थापना गर्ने तयारी गरेको समेत सो अवसरमा जानकारी गराईएको थियो ।