दमक/झापाको कमल गाँउपालिकामा लायन्स क्लव अफ माउण्ट एभरेष्ट, कुइनेटो मिडिया प्राली र कमल गाँउपालिका वडा नं. ३ ले बृहत स्वास्थ्य शिबिर गरेकाछन् । शिबिरबाट तीनसय भन्दा बढिले लाभ लिएको बताईएको छ ।

 

 

क्लवका अध्यक्ष मनोज अग्रवालका अनुसार निशुल्क औषधिको ब्यवस्थापन सहित स्वास्थ्य शिविर गरिएको हो । कुइनेटो र वार्ड कार्यालयले सहयोग पुर्याएको उनले जनाए ।

 

 

बिहानैदेखि शुरु भएको स्वास्थ्य शिबिरमा उत्साहजनक सहभागिता रहेको क्लवका सचिब रामुकमार थपलियाले बताए ।

आँखा र दाँतको स्वास्थ्य शिबिरबाट ३ सयभन्दा बढिले लाभ लिएको क्लवका स्वास्थ्य संयोजक एवं कोशाध्यक्ष बुद्धिशेखर भट्टराइले जनाएकाछन् । आँखा जाँचको सेवा दमका पुराना तथा अनुभवी डा. पीके क्षेत्रीले प्रदान गरेका थिए ।

 

कुइनेटो मिडिया प्रा.ली कमल गाँउपालिकाका अध्यक्ष उमनाथ भण्डारीका अनुसार बालबालिका र जेष्ठ नागरिकहरुले धेरै सेवा लिएकाछन् । उनिहरु निशुल्क जाँचसंगै औषधि पाएपछि खुसि भएका थिए । कार्यक्रममा लायन्स लिडरहरु अजय अग्रवाल, रामचन्द्र बराल लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय