दमक/सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका कापीका अभावका कारण नै पढाइमा समस्या भोग्नु नपरोस भनेर लायन्स क्लव अफ दमक इस्टर्न लायन र गोल्डले संयुक्त रुपमा कापी बितरण अभियान चलाएकाछन् ।
कम्तिमा पनि आफुहरुले बितरण गरेको कापीले एक बर्षलाइ सम्बन्धित बिद्यार्थीलाइ पुगोस भन्ने हेतुले मापदण्ड बनाएर एक बर्ष पुग्ने गरी कापी उपलब्ध गराउन थालिएको लायन्स क्लव अफ दमक स्टर्न लायनका अध्यक्ष बिमल शर्माले बताए ।
झापाको दमक र आसपासको क्षेत्रका सामुदायिक बिद्यालयहरुमा यो अभियान चलाईएको लायन्स क्लव अफ गोल्डका अध्यक्ष काशि खातीले बताए । कापी किन्न नसक्ने अवस्थाका बिद्यार्थीहरुलाइ बर्षभरीको कापी आफुहरु उपलब्ध गराउने उनले जनाए ।
लायन्सकर्मी गंगादेब चौधरीले यो साताभर कापी बितरण हुने जनाएकाछन् । बिपन्न बिद्यार्थी पढ्ने तथा कापी अभावले नै पढाइ प्रभावित भएका बिद्यार्थीहरु कहि भए खबर गर्न पनि उनले आग्रह गरेकाछन् ।
मंगलवार सरस्वती आधारभूत बिद्यालय दमक २ मा कापी बितरण भएको बताईएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर २ हिमालि चौकस्थित हिमालि प्राथमिक बिद्यालय, कोराबारीको शिशु कल्याण बिद्यालयमा पनि यसभन्दा अघि कापी बितरण गरिएको लायन्सकर्मी लायन्सकर्मी बेनु निरौलाले बताए ।




