काठमाडौं । भारतको मध्य प्रदेशको सागर जिल्लामा पारिवारिक सम्पतिको विषयमा भएको वादविवादले घातक रुप लिएको छ । जम्मा दुई फिट जमिनको लागि शुक्रबार एक व्यक्तिले आफ्नै परिवारको ५ जनाको हत्या गरेका छन् ।

जमिनको विषयमा विवाद हुँदा एक व्यक्तिले आफ्नो दुई भाई, एक भाईको पत्नी र उसको छोरो, एक बहिनी समेत गरी जम्मा ५ जनालाई गोली हानी हत्या गरेका छन् । हत्यापछि आरोपी फरार भएका थिए । तर प्रहरीले उसलाई घेराबन्दी बनाएर समातेको भारतीय मिडियाले जनाएको छ ।
घटनामा मृतकको संख्या अझ बढ्न सक्ने सम्भावना रहेको प्रहरी जनाएको छ । आरोपी मनोहर अहिरवारले अन्धाधुन्न गोली चलाउँदा एक भाईको पत्नीले आफूलाई बच्चासहित एक कोठामा बन्द गरेकी थिइन् । त्यसबाट उनको ज्यान जोगिएको छ । यो हत्याकाण्डमा संजीव, मनोज, तारबाई, राजकुमारी र यशवन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरुको घरपरिवारमा दुई फिट जमिनको विषयलाई लिएर विवाद चर्किएको थियो । त्यहि विवादलाइ सुल्झाउनको लागि शुक्रबार सबैजना एकतृत भई छलफलमा थिए । छलफलको क्रममा उनीहरुको एकआपसमा झगडा गर्न लागे । त्यसपछि मनोहरले आफ्नो लाइसेन्स भएको बन्दुक झिकेर सबैलाई गोली हानेर हत्या गरिदिए ।



