‘त्यो १७ जूनको रात थियो । मेरा श्रीमान् जमशेदपुर गाउँबाट फर्किरहेका थिए, त्यति नै बेला घातकीडीह गाउँमा केही मानिसहरुले उनलाई घेरे । चोरीको आरोप लगाएर उनलाई रातभरी बिजुलीको पोलमा बाँधेर राखियो । उनलाई अत्यधिक कुटियो र ‘जय श्री राम व जय हनुमान’ भन्न लगाइयो । त्यस्तो नभन्दा उनलाई अत्यधिक कुटियो । बिहान उनलाई सरायकेला थानाको पुलिसलाई सुम्पिइयो । पुलिसले कुटपिट गर्नेहरुलाई कारवाही गर्नुको साटो मेरा श्रीमानलाई नै चोरीको आरोपमा जेल पठाइयो । उनलाई आन्तरिक चोट लागेको थियो जसका कारण हिजो उनको मृत्यु भयो ।’

शाइस्ता परवीन यति भनेर डाँको छोडेर रुन्छिन् । केही महिना अघिमात्रै उनको विवाह तबरेज अन्सारीसँग भएको थियो ।

शाइस्ताले बीबीसीसँग भनिन्, ‘मैले पुलिसलाई यसको लिखित उजुरी दिएकी छु । उनीहरुले मेरो रिपोर्ट दर्ता गरेर मलाई न्याय दिलाउनुपर्छ । तरबेज २४ वर्षका मात्रै थिए । उनको हत्या गरियो । यो मामलामा पुलिस र जेल प्रशासनले लापरवाही गरेका छन् । यसको उच्चस्तरीय अनुसन्धान हुनुपर्छ ।’

सराकेला थानाका प्रभारी अविनाश कुमारले मिडियासँगको कुराकानीमा धातकीडीह गाउँका मानिसहरुले तबरेज अन्सारीलाई चोरीको आरोपमा पक्राउ गरेको जानकारी दिए ।

उनले भने, ‘गाउँलेले तबरेजलाई कमल महतो भन्ने व्यक्तिको छतबाट हाम फालिरहेको देखेका थिए । उनीसँग अन्य दुईजना पनि थिए, जो भाग्न सफल भए ।’

‘तबरेजलाई गाउँलेले समाते । त्यसपछि उनीहरुले हामीलाई सुम्पिए । उनीविरुद्ध चोरीको रिपोर्ट दर्ता गरिएको थियो । हामीले उपचार गराएपछि उनलाई अदालत लिएर गयौं । जहाँबाट उनलाई सरायकेला जेल पठाइयो । यसमा पुलिसको कुनै लापरवाही छैन ।’

यता जेलका अधिकारी पोस्टमार्टमका लागि तबरेजको शव लिएर आउँदा सरायकेला सदर अस्पतालमा हंगामा भयो ।

केही बेरपछिको हंगामा पछि पुलिसले आक्रोशितलाई सम्झाए । त्यसपछि तबरेजको शवलाई जमशेदपुर पठाइयो ।

तबरेजको भिडियोः

यसैबीच तबरेज अन्सारीको पिटाईको भिडियो भाइरल भइरहेको छ । यसमा गाउँलेले उनलाई पोलमा बाँधेर पिटिरहेको देख्न सकिन्छ ।

नाम सोधेपछि उनलाई जय श्री राम र जय हनुमान भन्न लगाइएको छ ।

यो भिडियोमा केही महिला पनि देखिएका छन् । केही जागरुक व्यक्तिले यो भिडियो एसपीसलाई पनि उपलब्ध गराएका छन् ।

‘मब लिचिङ’ (भीडद्वारा कुटीकुटी हत्या) को विषउमा झारखण्ड सधैं चर्चामा रहँदै आएको छ । झारखण्ड जनाधिकार मोर्चाको एक रिपोर्ट अनुसार अहिलेको भाजपा शासनमा कम्तीमा १२ जनालाई यहाँ भीडले हत्या गरेको छ ।
Photo: SARTAJ ALAM

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय