एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डमा बिहीबार भएको एक सडक दुर्घटनामा परी ६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका छन् । मङ्गलबार एक गहिराइमा बस खसेर दुर्घटना भएकाे जनाइएकाे छ ।

छतिसगढको छिमेकमा पर्ने अम्बिकापुर जिल्लाबाट गडवातर्फ गईरहेको सो बस मङ्गलबार ३ः३० बजे बिहान सो दुर्घटना भएको जनाइएको छ । दुर्घटना भएको सो स्थानमा उद्धारकार्य सकिएको र घाइतेहरुलाई उपचारको लागि नजिकको अस्पतामा लगिएको प्रहरीले जनाएकाे छ ।

यस दुर्घटनामा गम्भीर घाइते भएका छ जना व्यक्तिलाई प्रान्तीय राजाधानी राँचीमा रहेको सरकारी अस्पतालमा लगिएको बताइएको छ । घाइते मध्ये केहीको अस्वथा गम्भीर भएको हुनाले मृतकहरुको सङ्ख्या बढ्न सक्ने अनुमान प्रहरीको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय