
सरकार तथा सरकार मन्त्रीहरु पदको चरम दूरुपयोग गरिहेको भन्दै यस्तो कार्य रोक्नका लागि नेकपा एमालेका नेता तथा साँसद अग्निप्रसाद खरेलले निर्वाचन आयोगको ध्यानकर्षण गराएकाछन् । एमाले पार्टीका स्थानीय बिकास प्रमुख समेत रहेका खरेलले निर्वाचन आयोगलाइ पत्र पठाएर आचारसंहिता उलङ्घन भइरहेका घटनाहरुको बिषयमा ध्यानकर्षण गराउदै प्रभावकारी अनुगमन गर्नु पर्ने उल्लेख गरेकाछन् ।
सरकार मन्त्रीहरु सेनाको हेलिकप्टर तथा श्रोत साधनको दूरुपयोग गरेर पार्टीको कार्यक्रममा गइरहेको सार्वजनिक भएको, आचारसंहिता लागु हुनु अगावैको मिति राखेर कर्मचारीहरुको धमाधम सरुवा बढुवा गरेको, कुनै मापदण्ड नबनाइ म्यादी प्रहरी भर्ना शुरु गरिएको र यो पारदर्शी नभएको भन्दै निर्वाचन आयोगलाइ अनुगमनका लागि ध्यानकर्षण गराइएको छ ।



