दमक/लायन्स क्लव अफ दमक माउण्ट एभरेष्टको पदहस्ताण्तरण भएको छ । क्लवको नयाँ नेतृत्वमा दमकका ब्यवसायी मनोज अग्रवालले कार्यभार शुरु गरेकाछन् । इलामको श्री अन्तुमा फेलोशिप सहित पुर्व अध्यक्षहरुलाइ सम्मान गर्दै पदहस्ताण्तरण भएको क्लवका सचिब राम थपलियाले जनाएकाछन् ।
चन्द्र गजमेरको कार्याकाल सकिएपछि अग्रवालको कार्यकाल शुरु भएको हो । गजमेरले अग्रवाललाइ खातापाता तथा बैठक सञ्चालन गर्दा चाहिने आवश्यक सामाग्रिहरु प्रदान गरेर पद हस्ताण्तरण गरेका थिए ।
क्लवका पुर्व अध्यक्षहरु तथा लायन्स लिडर बबरजंग थापा, अजय अग्रवाल, पदम क्षेत्री, रामचन्द्र बराल, तीर्थ नारायण श्रेष्ठ, सुरज आचार्य, जोन चियरपर्सन बिपी मिश्र, लगायतका उपस्थितिमा कार्यक्रम भएको जनाईएको छ । माउण्ट एभरेष्टका संस्थापक अध्यक्ष कृष्णभक्त सुवेदी सहित सम्पूर्ण पुर्व अध्यक्षहरुलाइ सम्मान गरिएको क्वलका प्रथम उपाध्यक्ष दीनेश अग्रवालले जनाए ।

क्लवमा अध्यक्षमा अग्रवाल, प्रथम उपाध्यक्षमा दिनेश अग्रवाल, द्धितिय उपाध्यक्षमा अशोक चौधरी, तृतीय अध्यक्षमा तुलसी दंगाल, सचिबमा रामकुमार थपलिया र कोशाध्यक्षमा बुद्धिशेखर भट्टराइले जिम्मेवारी पाएकाछन् । क्लवमा मनोज शर्मा र सुनिल शाहपनि सोहि अवसरमा आवद्ध भएका थिए ।
क्लवको इतिहासमा नै फेलोसिपमा ठुलो सहभागिता यो पटक भएको क्लवका कोशाध्यक्ष बुद्धिशेखर भट्राइले जनाए । उनका अनुसार अधिकाँश पुर्व अध्यक्ष र क्लवका पदाधिकारी तथा सदस्यहरु उपस्थित भएका थिए ।











