दमक
लायन्स क्लव अफ दमक स्विट सिटीको नयाँ नेतृत्वको जिम्मेवारी दमकका सफल युवा ब्यवसायी खेमनाथ सापकोटा (केएन)ले पाएकाछन् ।
औपचारिक रुपमा उनले शुक्रबारदेखि नेतृत्व पाएकाहुन् ।
संस्थापक अध्यक्ष विश्वासकुमार काश्यपले सापकोटालाई पद हस्ताण्तरण गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।
रिजन चियरपर्सन कोमल शाक्य र जोन चियरपर्सन धर्मानन्द भट्टराइको उपस्थितिमा कार्यक्रम भएको थियो ।










