दमक/सामाजिक तथा ब्यवसायीक क्षेत्रमा आफ्नो नाम स्थापित गराएका रोटरी क्लव अफ दमकका अध्यक्ष मोहन ढकालले आफ्नो कार्यकालको अन्तिम दिन दमकमा केहि नमुनायोग्य कामहरु गरेर आफ्नो कार्याकाललाइ सम्झन योग्य बनाएर नयाँ नेतृत्व हस्ताण्तरण गरेकाछन् ।

ढकालको कार्यकालको अन्तिम दिन आइतवार दमक ८ स्थित गणतन्त्र चौंक दक्षिण जाने सेतुमारी सडक खण्डको प्रवेशद्धारमा रोटरी स्तम्भ बनाईएको छ । यसलाइ दमकलाइ रोटरीको पहिचान स्थापित गराउन सहयोग पुग्ने ढकालले जनाए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दमक ९ स्थित महालक्ष्मी बिद्यालयका बिद्यार्थीहरु स्वच्छ खानेपानीबाट बञ्चित रहेको अवस्थामा त्यो थाहा पाएर उनको कार्यकालमा नै खानेपानीको ब्यवस्थापन भएको छ । यसले अब यहाँ अध्ययनरत विद्यार्थी र पढाउने बिद्यार्थीहरुले स्वच्छ पानी पीउन पाउने भएकाछन् ।

यसैगरी दमक ८ मा रहेको जनता आधारभूत विद्यालयमा प्रोजेक्टर उपकरणसहित कम्प्यूटर प्रयोगशाला बनाएर शैक्षिक क्षेत्रमा रोटरी क्लव अफ दमकले अर्को गुन लगाएको छ । यो पनि आइतवार नै उद्घाटन भएको छ ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारी उपस्थितिमा तीनवटै कार्यक्रमहरु भएका थिए । अधिकारीले शैक्षिक संस्थामा भएको सहयोग अत्यन्त गर्विलो भएको भन्दै यस्तो कार्य गरेको आभार प्रकट गरिन् ।

ढकालले आफ्नो कार्यकलामा फ्लोसिपका बिभिन्न कार्यक्रमहरु सहित अन्तिम समयमा आएर थप स्मरिणय बनाएर रोटरी क्लव अफ दमकको पहिचानलाइ प्रगाढ बनाएको आजबाट अध्यक्षको कार्यभार समालेको सन्दिप चापागाईले बताए ।