(बीबीसी) । तेहरानका मेट्रो वा बसहरुमा यात्रा गर्दा अनायासै एक सामूहिक उदासी महसुस गर्न सकिन्छ । हरेक बित्ने दिनहरुका साथ यो उदासी अझै बढेको अनुभव हुन्छ । उदासीको गर्भबाट विद्रोहको जन्म हुन्छ वा निराशाको ।आफ्नाहरुको विरोधमा विद्रोह त्यो बेला हुन्छ जब उनीहरु समस्याका कारक हुन् । ईरानी आम मानिसहरु समस्याको कारक अमेरिकाको हठधर्मितालाई मान्छन् । १९७९ को इस्लामी क्रान्त्रिपछि जब इरान–इराक युद्ध उच्चस्तरमा थिषृ र इरान पूरा विश्वबाट अलगथलग भएको थियो । त्यो बेला ईरानी समाज आउँदो भविश्यलाई लिएर यति चिन्तित थिएनm जति आजको ईरान छ । तर ४० वर्षदेखि लगातार विभिन्न प्रतिबन्धसँग संघर्ष गरिरहेका आम जनताको आशा समाप्त हुनु स्वभाविकै हो ।
ईरानको कुल राष्ट्रिय आयको आधा भाग कच्चा तेल निर्याताबाट हुने गथ्र्यो तर, वर्तमान अमेरिकी प्रतिबन्धका कारण तेल निर्यातबाट आर्जित आय लगभग समाप्त हुने अवस्थामा पुगेको छ । तर, यो भुल्नु हुँदैनकी आधिकारिक रुपमा ईरानको तेल कारोबार बन्द भए पनि उसको अर्को बाटोबाटको तेल कारोबार रोक्न निकै कठिन छ । तर, प्रतिबन्धका कारण इरानको अर्थव्यवस्था पछिल्ला ४० वर्षहरुको सबैभन्दा कमजोर अवस्थामा पुगेको देखिएको छ । जसको अत्याधिक असर आमदैनिकीमा परेको छ । एक रोटी एक वर्ष पहिला १००० रियालमा पाइन्थ्यो अब २५००० रियाल पुगेको छ । खाने–पिउने वस्तुहरुमा तीनदेखि चारगुण मुल्य बढेको छ । त्यसो त इरान सरकार यी समस्यालाई राम्रोसँग थाहा छ । जसको कारण निम्न र मध्यम वर्गका मानिसहरुका लागि अनुदानमा खाद्यन्नको आपूर्ति व्यवस्था गरिएको छ ।
यतिमात्र होइन खाने–पिउने वस्तुहरुको कमीसँग निपट्न ईरान सरकारले केही समय पहिला ६८०० यस्ता व्यापारीहरुलाई अुनमति दिएको छ जसबाट ट्रक वा खच्चडका माध्यमबाट इराकबाट दैनिक खाद्य वस्तु बिना सीमा शुल्क इरान ल्याउन सकियोस । प्रतिबन्धका कारण आयका स्रोतहरु कम भएपछि त्यसको असर ईरानी मुद्रामा पनि परेको छ । एक वर्षभित्र डलरका तुलनामा ईरानी रियालको मुल्य ३ गुणभन्दा धेरै गिरावट आएको छ ।
ईरानको अर्थव्यवस्थामा डलर एक पहेली हो जस्तो सूर्य र छायाँको सम्बन्ध हुन्छ । जसो जसो सूर्य माथि आउँछ छायाँ छोटो हुँदै जान्छ । मुद्रा स्फिती दर ३७ प्रतिशतसम्म पुगेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)का अनुसार अवस्था सुधार भएन भने अझै भयाभव हुन सक्छ । गम्भीर आर्थिक् संकटहरुसँग संघर्ष गरिरहेका ईरानीहरुको मानसिक अवस्था उनीहरुको हावभावमा देखिए पनि अनुहारमा भने चमक यथावत छ ।
अमेरिकी प्रतिबन्धलाई ईरानी सरकारमात्र होइन आमजनाता पनि अनुचित मान्छन् । आम मानिसहरुको नजरमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई ‘ट्वीटरमा रहेको चराको याद्धा’ मान्छन् । उनीहरु ट्रम्पलाई क्यासिनोमा बसेको जुवाको त्यस्तो खेलाडी मान्छन् जसले आफ्नो प्रतिद्वन्दीलाई डराउन नसोचेरै ठूलो बोली लगाउँछ तर जब प्रतिद्वन्दीले उसको चाल थाहा पायो भने चुपचाप मैदान छोडिदिन्छ । ईरानी सर्वोच्च नेता अयातुल्ललाह खामेनेईमाथि अमेरिकाले प्रतिबन्ध लगाउन निकै मजाकको विषय बनेको छ । (बीबीसी हिन्दीबाट अनुवाद)



