दमक/ झापाको कमल गाँउपालिकामा आफ्नो दर्विलो उपस्थिति बनाएको लायन्स क्लव अफ लखनपुरको नयाँ नेतृत्वको पदभार लोकप्रीय युवा ब्यवसायी ज्ञाननाथ पौड्याल (ज्ञानु)ले लिदै आफ्नोकार्यकाल शुरुवात गरेकाछन् । निवर्तमान अध्यक्ष प्रमोद दाहलले सन् २०१९ २०२० का अध्यक्ष ज्ञाननाथ पद हस्तान्तरण गरे ।

कमल गाउँपालीका कार्यकारी अधिकृत युवराज ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमममा लायन्स लिडरहरु अजय अग्रवाल, रामचन्द्र बराल, धर्मानन्द भट्टराइले शुभकामना दिएका थिए ।

सो अवसरमा नेतृत्व ग्रहणपछि अध्यक्ष पौड्यालले आफ्नो कार्यकालमा कुनै प्रकारको बेइमानी नगर्र्ने जनाए । उनले जहाँ आवश्यकता पर्छ त्यहाँ रातको १२ बजे पनि नभनी पुग्ने प्रतिबद्धता जनाए ।

लायन्स क्लब अफ इन्टरनेशन ३२५ ए वानका एरिया को आर्डिनेटर अजय अग्रवालका अनुसार जुन १ तारिखबाट लायन्समा माथि देखि तलसम्म नै नयाँ नेतृत्वले कार्य शुभारम्भ गर्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय