दमक/रोटरी क्लव अफ दमकको अध्यक्षको कार्यभार सन्दिप चापागाँइ (दीपु)ले समाल्न शुरु गरेकाछन् ।
जुन १ तारिखका दिनदेखि उनि अध्यक्ष बनेकाहुन् ।
मोहन ढकालको कार्यकाल सकिएसंगै सामाजिक तथा ब्यवसायीक क्षेत्रमा दमकमा उदाउदो युवाको रुपमा रहेका चापागाईले कार्यभार समाल्न शुरु गरेकाहुन् ।
सामुदायिक विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा सहजता ल्याउनका लागि आवश्यक पर्ने बिभिन्न प्रकारका सहयोग, विद्यालयमा शुद्ध खानेपानीको ब्यवस्थापन लगायत समाजमा दिनदुखिको सेवा गर्ने कार्य आफ्नो प्राथमिकतामा रहने चापागाइले जनाएकाछन् ।










