– नेकपा एमालेले आसन्न स्थानीय चुनावमा प्रदेश नम्बर १ का ९० स्थानीय तहमा पार्टीले जित्ने दाबी गरेको छ । एमालेको प्रदेश कमिटीले चुनावको तयारी तीव्र बनाएको छ । र, उम्मेदवार छनोटका लागि मापदण्ड पनि बनाएको छ ।

एमालेको स्थायी समितिले स्थानीय तहको निर्वाचन लक्षित गरी यसअघि नै मापदण्ड बनाइसकेको थियो । तर, मंगलबार र बुधबार बिराटनगरमा बसेको प्रदेश नम्बर एकको वैठकले मेयर र उपमेयरका लागि तल्लो तहबाट भएको सिफारिसमा उम्मेदवारहरुलाई थप व्यक्तिगत विवरण माग गर्ने निर्णय गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा एमाले नेताहरुले एक नम्बर प्रदेशका ९० स्थानीय तहमा पार्टीले चुनाव जित्ने दाबी गरेका छन् ।

प्रदेश सदस्य जीवन घिमिरेले तराईका केही क्षेत्रबाहेक एमाले अन्य सबै स्थानमा चुनाव जित्ने दावी गरे ।एमालेले हार्ने ठाउँ नै नदेखिएको भन्दै नेता घिमिरले ९० स्थानीय तहमा एमालेले चुनाव जित्ने दाबी गरे ।