एजेन्सी । युरोपेली संघ ईयूका नेताहरूले उक्त क्षेत्रीय समूहको उच्च पदहरूमा मनोनयन थाल्ने क्रमसँगै युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव गरिएको छ।जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको हो। युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्रा्ष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको छ। केही दिनको कठिन वार्तापछि यी नामहरूको घोषणा गरिएको हो। उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए।बेल्जियमका उदारवादी प्रधानमन्त्री सार्ल मिसेल युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कको ठाउँमा मनोनित भएका छन् भने स्पेनका युसेफ बोरेल विदेश मामिला प्रमुखमा प्रस्तावित भएका छन्।
पाँचौं महत्वपूर्ण पद युरोपेली संसदको अध्यक्षका लागि भने बुधवार मनोनयन गरिनेछ। धेरैजसो पदहरूलाई संसदले अनुमोदन गर्नुपर्नेछ। युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली संसदको पहिलो सत्रअघि सबै पदहरूमा सहमति गरेको बताएका छन्।एजेन्सी । युरोपेली संघ ईयूका नेताहरूले उक्त क्षेत्रीय समूहको उच्च पदहरूमा मनोनयन थाल्ने क्रमसँगै युरोपेली आयोगको प्रमुखमा पहिलोपटक एकजना महिलालाई प्रस्ताव गरिएको छ।जर्मनीकी रक्षामन्त्री उर्जुला फोन डेर लायनलाई जाँ क्लोड युंकरको ठाउँमा प्रस्ताव गरिएको हो। युरोपेली केन्द्रीय ब्याङ्कको प्रमुखमा अन्तर्रा्ष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टिन लगार्डलाई मनोनयन गरिएको छ।
केही दिनको कठिन वार्तापछि यी नामहरूको घोषणा गरिएको हो। उक्त क्षेत्रीय समूहको पाँच उच्च पदमा मनोनयन गर्न युरोपेली संघका नेताहरूले ब्रसल्समा तीन दिन बैठक गरेका थिए।बेल्जियमका उदारवादी प्रधानमन्त्री सार्ल मिसेल युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कको ठाउँमा मनोनित भएका छन् भने स्पेनका युसेफ बोरेल विदेश मामिला प्रमुखमा प्रस्तावित भएका छन्।पाँचौं महत्वपूर्ण पद युरोपेली संसदको अध्यक्षका लागि भने बुधवार मनोनयन गरिनेछ। धेरैजसो पदहरूलाई संसदले अनुमोदन गर्नुपर्नेछ। युरोपेली परिषद्का अध्यक्ष डोनल्ड टुस्कले युरोपेली संसदको पहिलो सत्रअघि सबै पदहरूमा सहमति गरेको बताएका छन्।



