
गरेकी छिन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेल डेरा गरी बस्ने रामेछाप गौसरा–१ घर भएकी २१ बर्षीया साहिली तामाङले बच्चा हत्या गरेकी हुन् । उनलई प्रहरीले पक्राउ गरेको छ । बुधबार विहानदेखि डेलीभरी सम्बन्धी व्यथा लागेकोले तामाङको श्रीमान मेघ बहादुर तामाङ गाउँमा गई पैसा खोजेर आई जिल्ला अस्पताल ल्याउँदा डाक्टरले बच्चाको जन्मिसकेको बताएको र आमाको साथमा बच्चा नभएपछि प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले साहिली तामाङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा बालिकाको जन्म भए पश्चात हत्या गरी डेरा कोठा नजिक बाँसघारीमा लगेर गाडेको भनी बताएकी थिइन् । प्रहरीले उनको बताएको स्थानबाट बालिकाको शव गाडेको अवस्थामा फेला परेको थियो । पछि आफुलाई छोरा चाहिएको तर छोरी भएकाले हत्या गरेको उनले बताएकी छिन् । f



