एजेन्सी । रसियाको साइबेरियन क्षेत्रमा बाढीको कारण १८ जनाको मृत्यु भएको छ ।शहरमा पानी जमेका कारण घरहरु डुबानमा परेका छन्। कयौं घरहरु भत्किएका छन्। करिब दश हजार मानिस विस्थापित भएका छन्। उनीहरुलाई अस्थायी शिविरको व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।
३० हजार मानिस बिजुलीको सेवाबाट बञ्चित भएका छन् भने सडक र रेल मार्ग बन्द भएका छन्। बाढी पछि साइबेरियन क्षेत्रमा संकटकालको घोषणा गरिएको छ। अधिकारीहरुले उद्धारको काम तीव्र गतिमा भइरहेको बताएका छन् ।



