एजेन्सी– इण्डोनेसियामा आफ्नो हेड मास्टरले टेलिफोनमा गरेको अश्लील कुराकानीको कल रेकर्ड सार्वजनिक गरेको आरोपमा एक शिक्षिकाले ६ वर्षको कैद सजाय पाएकी छन् ।

 

 

त्यहाँको सर्वोच्च अदालतले बाइक नुरिल मकनुन नाम गरेकी ती शिक्षाकालाई ६ वर्ष तथा ५० करोड जरिवाना तोकेको हो । ती हेडमास्टरले मकनुनसँग गरेको अश्लील कुराकानी सामाजिक सञ्जालमा भइरल भएको थियो । सोही कारण हेडमास्टरको जागिर गुमेपछि उनले प्रहरीमा उजुरी दिएका थिए । अदालतले गोपनियातको कानून उल्लंघन गरेको आरोपमा उल्टै पीडित महिलालाई काराबासको सजाय दिएकामा अधिकारकर्मीले आपत्ति जनाएका छन् ।

 

 

फैसलामा उक्त अश्लील कुराकानी सार्वजनिक हुनुमा शिक्षिका नुरिल दोषी रहेको उल्लेख छ । फैसलामा शिक्षिकाले इण्डोनेसियाको कानूनअनुसार शालीनता उल्लंघन गरेको आरोप लगाइएको छ ।

 

 

उनले उक्त कल रेकर्ड विद्यालयका अरु शिक्षक शिक्षिका शिक्षा हेर्ने अधिकारीलाई समेत सुनाएको समाचारमा उल्लेख छ । यसैबीच अदालतले उनले दिएको न्यायिक पुनरावलोकनको अपिलसमेत खारेज गरिदिएको छ । शिक्षिकाका कानून व्यवसायी जोको जुमाडीले अदालतले गरेको फैसला त्रुटिपूर्ण रहेको बताएका छन् ।

 

 

‘यो फैसला हाम्रा लागि स्वीकार्य त छ’, बीबीसीसँग उनले भनेका छन्, ‘तर यौन उत्पीडनविरुद्ध बोल्दा अरु कसैले आपराधिक मुद्धा लागेर जेल जान नपरोस् ।’ विकलका अनुसार नुरिलसँग सजाय माफीका लागि राष्ट्रपति जोको विडोडोसमक्ष अपिल गर्नसक्ने कानूनी विकल्प भने बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah