भारतकाे पञ्जाब राज्यकाे मोगा शहरका दुई किशोरीले आफ्नै रगतबाट राष्ट्रपति रामनाथ कोविन्दलाई चिठी लेखेका छन् ।

ती दुई किशोरीले आफूमाथि झूटो आरोप लगाइएको र सहयोगका लागि भनेर राष्ट्रपति कोविन्दलाई चिठी लेखेका हुन् । चिठीमा दुई जना किशोरीले ठगीको आरोपमा आफूमाथि आरोप लगाइएको दावी गरेका छन् ।

उनीहरुले चोरीको आरोपमा फसेको र डर त्रासको वातावरणमा बाँचिरहेको चिठीमा लेखेका छन् । ती दुई किशोरीले न्याय नपाएको खण्डमा पुरै परिवारको लागि इच्छामृत्युको माग गरेका छन् ।

‘भारतीय दण्ड संहिताको धारा ४२० को अनुसार कथित भिसा ठगीको आरोपमा झूटो मुद्दा दर्ता गरिएको छ । हामीले प्रहरीलाई पनि अनुसन्धान गर्न भन्यौँ तर कसैले पनि सुनेनन्,’ ती दुई किशोरीको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

‘यदि हामीले न्याय पाएनौँ भने पुरै परिवारका लागि इच्छामृत्युको माग गरेका छौँ’, उनीहरुले भनेका छन् ।

मोगाका प्रहरी अधिकारी कुलजिन्दर सिंंहले दुई किशोरीले प्रहरीमाथि लगाएको आरोपलाई नकारेका छन् । उनले दुई जना किशोरीमाथि आपराधिक मुद्दा दर्ता भएको र जाँच चलिरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah