
झापा दमकका सामाजिक,धार्मिक तथा राजनीतिक अगुवा लक्ष्मिप्रसाद संग्रौलाले आफ्नो जन्मदिन फरक रुपमा मनाएकाछन् । उनले जन्मदिन तडकभडकका साथ मनाउने कार्यको अन्त्य आफैबाट शुरु गर्नु पर्छ भन्ने उदेश्यका साथ भक्तपुरमा रहेको मृगौला प्रत्यारोपण केन्द्रमा रहेका बिरामीहरुलाइ फलपलूल बितरण र एक असाहय तथा बिपन्न बिरामीलाइ आर्थिक साहयता गरेर आफ्नो जन्मदिन बनाएकाहुन् ।
बिहिबार परेको आफ्नो जन्म दिनको खुशियाली मनाउने खर्चबाट फलफूल बितरण र आर्थिक बिपन्न काभ्रे जिल्लाकी नानीमैया तामाङलाई आर्थिक सहयोग र निज बिरामीलाई अस्पातलमा रहेसम्म खानाको प्रबन्ध मिलाएको जनाइएको छ । उनले आफ्नो जन्म दिनको खुशियाली मनाउनु भन्दा बिरामीको सेवा गर्न पाएकोमा खुशी लागेको जनाए । उनले आफूले सहयोग गरेकी बिरामीको शिघ्र स्वास्थ्य लामको कामना पनि गरेकाछन् ।



