
दमक/ लायन्स क्लव अफ दमक इस्टर्न लायन र गोल्डले झापा र इलामका ७ वटा विद्यालयका सामुदायीक विद्यालयमा अध्ययनरत ६ सयभन्दा बढि बिद्यार्थीहरुलाइ कापी वितरण गरेको छ ।
संस्थागत विद्यालयका विद्यार्थी तथा लायन्सकर्मी र अन्य सहयोगदाताहरुबाट संकलन गरेर सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कापी वितरण अभियान चलाईएको कार्यक्रमका संयोजक गंगादेव चौधरीले बताए ।
गत शुक्रबार कमल गाँउपालिकाको मंगलमय माविका १ सय १० विद्यार्थीलाइ ११ सय र सिद्धदेवी आधारभूत विद्यालयमा यहि संख्यामा कापी वितरण भएको थियो ।
यसभन्दा अघि ब्याग वितरणमा ध्यान दिएपनि यो पटक कापी वितरणमा आफुहरुको अभियान रहेको उहाँले बताउनु भयो ।
लायन्स क्लव अफ दमक इस्टर्न लायनका निवर्तमान अध्यक्ष विमल शर्मा र गोल्डका अध्यक्ष काँशि खाँती विद्यार्थीहरुलाइ कापी वितरणमा सहभागि भएका थिए ।
सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुले पटक पटक एउटै कापीमा लेख्दै मेटदै त्यहि कापी प्रयोग गरेको समेत देखिएकाले सामुहिक रुपमा कापी संकलन अभियान चलाएर कापी बैक बनाएर त्यसमार्फत कापी वितरण गरिएको जनाईएको छ ।
कक्षा १ देखि कक्षा ५ सम्म अध्यनरत विद्यार्थीहरुलाइ आफुहरु लक्षित गरेर कापी वितरण गरिएको इस्टर्न लायनका अध्यक्ष विमल शर्माले जनाए ।
यो कार्यक्रमलाइ निरन्तरता दिइने र सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ शैक्षिक सामाग्रि वितरण गर्ने अभियानलाइ प्रभावकारी रुपमा अघि बढाउदै लैजाने आफुहरुको ध्यय रहेको पनि शर्माले जनाए ।
गोल्डका अध्यक्ष काशि खातीले यस्तो कार्य निरन्तर हुने जनाए । कापी नपाएर, पुस्तक नभएर पढ्न नपाएकाहरुको साथमा सधै आफु र आफ्नो क्लव रहेको उनले प्रतिबद्धता पनि जारी गरेकाछन् ।











