बीबीसी । अकेरिकाको राजधानी वाशिङटनमा अचानक बाढी अइको छ। वाशिङटन डिसी क्षेत्रमा अचानक बाढीको आपतकालीन स्थिति आइपरेपछि आवतजावत गरिरहेका यात्रुहरू जोखिममा परेका थिए।

ठूलो वर्षाका कारण कतिपय ठाउँमा सडक अवरुद्ध भएर चालकहरू फसेका थिए भने केही भूमिगत रेलमार्गमा खतरनाक डुबानको स्थिति देखा परेको थियो। केही चालकहरूलाई क्यापिटल बेल्टवेमा उद्धार गरिनु परेको थियो। अन्डरपास मार्गहरू कतिपयमा २ मिटरसम्म पानीको स्तर पुगेको थियो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउस समेत पानीबाट प्रभावित भएको थियो। वेस्ट विंगको भूमिगत बेसमेन्ट तहमा भेल पसेको थियो।बाढीका कारण नेसनल आर्काइभ्स भवनमा बिजुली आपूर्ति अवरुद्ध भयो। तर कर्मचारीका अनुसार त्यहाँ राखिएका ऐतिहासिक अभिलेख तथा दस्तावेज सुरक्षित छन्।

त्यहाँ स्वतन्त्रताको घोषणापत्र, संविधान एवं बील अफ राइट्स जस्ता महत्त्वपूर्ण ऐतिहासिक दस्तावेज राखिएका छन्। मौसमसम्बन्धी निकाय नेसनल वेदर सर्भिसले अचानक बाढीको चेतावनी जारी गरेको छ।प्रहरीले मानिसहरूलाई बाढी पसेका सडकमा नआउन सजग गराएको छ।