एजेन्सी। हलिउडको हरर फिल्म ‘एनाबेल कम्स होम’ ले विश्वभर बाट प्रसंसा बटुलिरहेको छ। तर यही फिल्म हेरेर एजा बृद्धको निधन भएको छ। यो फिल्म हेरेर थाइल्याण्डमा ७७ वर्षीय बर्नार्ड च्यानिङको निधन भएको छ। यनी बेलायती नागरिक हुन्। उनी विदा मनाउन थाइल्याण्ड भएका थिए। थाइल्याण्डमै उनले उक्त फिल्म हेर्ने योजना बनाएका थिए।

तर त्यही फिल्म उनको जीवनका अन्तिम फिल्म बन्न पुग्यो। फिल्म सकिएपछि फिल्म हलमा लाइट बालियो। बर्नार्डसँगै छेउमा बसेकी महिलाले हेर्दा उनको निधन भइसकेको रहेछ। बर्नार्डलाई मृत देखेपछि छेउमा बसेकी महिला चिच्याइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले इमर्जेन्सी सेवामा फोन गरिन्। केही समयपछि उद्धारकर्मी पनि आइपुगे। त्यतिबेला सम्म बर्नार्डको निधन भइसकेको संचारमाध्यमहरुले जनाएका छन्। यद्यपी उनका निधन फिल्म हेरेकै कारण भएको हो वा अन्य कुनै कारणले भन्ने विषयमा केही खुल्न सकेको छैन।