#


तौल घटाउने शल्यक्रिया पछि ३३० किलोका व्यक्तिको कसरी भयो मृत्यु ?

  एजेन्सी   २०७६ असार २५, बुधबार १०:३९ मा प्रकासित

उमर दराज नगियाना /बीबीसी/ नुर उल हसनलाई आफ्नो ३ सय बढी तौलले नै ज्यान लिने हो कि भन्ने डर थियो । पाकिस्तानमा लेप्रोस्कोपिक सर्जरीका विशेषज्ञ डाक्टर माज उल हसनले १० दिनअघि तौल कम गर्नका लागि उनको ‘सफल’ शल्यक्रिया भएको थियो । पंजाबको सादिकाबादमा बस्ने नूल उल हसन त्यतिबेला देखि नै लाहौरको शालीमार अस्पतालको आइसीयूमा भर्ना थिए ।

डाक्टर माज भन्छन्, ‘उनको सबै अंगले राम्रोसँग काम गरिरहेको थियो र उनको सोमबार दिउँसोदेखि अक्सिजन पाइट हटाइने योजना बनाइएको थियो ।’ तर सोमबार बिहान नै डाक्टर माज उल हसनलाई थाहा भयो कि उनको स्वास्थ्य बिग्रिएको छ । उनी अस्पताल पुग्दा नुर उल हसनको मृत्यु भइसकेको थियो ।

नुर अल हसन त्यतिबेला चर्चामा आएका थिए जब सोसल मिडियामा उनको अपिल सार्वजनिक भएपछि सेनाको हवाई एम्बुलेन्समार्फत् उनलाई उपचारका लागि सादिकाबादबाट लाहौर पुर्याइएको थियो । सोमबार उनका आफन्तले एम्बुलेन्समार्फत् उनको शवलाई सादिकाबाद लिएर गएका थिए । उनका छोरा मोहम्मद असलमले बीबीसीसँग भने, ‘एम्बुलेन्सको ४० हजार भारु भाडा पनि डाक्टर माज उल हसनले तिरिदिएका छन् ।’ ‘यात्रा निकै लामो छ र उनको पेटमा पानी भरिएको छ । हामी राम्रोसँग पुगौं भन्ने मात्र चाहना छ ।’

अचानक यस्तो कसरी भयो ?

सोमबार एक पत्रकार सम्मेलन गर्दै डाक्टर माज उल हसनले स्थानीय मिडियालाई भने, ‘उनको मृत्यु हृदयघातका कारण भएको हो । आइसीयूमा भएको हंगामाका कारण उनको मृत्यु भएको हो ।’ अस्पताल प्रशासन र डाक्टर माजले भने, ‘बिहान बिहानै अस्पतालको आइसीयू वार्डमा एक महिलाले बच्चालाई जन्म दिइन् र केही समस्याका कारण बच्चाको मृत्यु भयो । त्यसपछि महिलाको परिवारले आइसीयूमा तोडफोड गर्न सुरु गरे । त्यतिबेला डाकटर र नर्सलाई पनि निशाना बनाइयो । ज्यान बचाउनका लागि अस्पताल प्रशासन त्यहाँबाट भागे ।’

न कुनै रोग न खाने लत तरपनि तौल ३ सय ३० केजी, कसरी ?

डाक्टर माजका अनुसार उनीहरु अस्पतालमा फिर्ता आउँदा नूर यल हसनको स्थिती बिग्रिएको पाए । उनीहरु आफैंले सास फिर्ता ल्याउने कोसिस गरे जसमा उनीहरु सफल हुन सकेनन् । उनी भन्छन्, ‘यस्ता व्यक्तिहरुको फोक्सो र मुटुले काम गर्न बन्द गर्नसक्ने स्थिती हुन्छ । तर यसबारे पोस्टमार्टमपछि मात्रै थाहा हुन्छ ।’ यद्यपि, नूर उल हसनका परिवारले पोस्टमार्टम गराउन अस्विकार गरेको थियो ।

नूर उल हसनको शल्यक्रिया कसरी भयो ?

नूर उल हसन शल्यक्रिया र त्यसपछिको उपचारको खर्च उठाउन सक्दैनथे । आफ्नो तौलका कारण उनी पछिल्लो एक दशकदेखि हलचल गर्न सकिरहेका थिएनन् र उनी ओछ्यानमा नै थिए । यसअघि उनी मालवाहक गाडीका ड्राइभर थिए । नूर उल हसनको शल्यक्रिया डाक्टर माज उल हसनले निःशुल्क गरेका थिए । शालीमारले उपचारमा दैनिक खर्च भइरहेको ७० देखि ८० हजार भारु खर्च पनि व्यवहोरिरहेका थिए ।

शल्यक्रियापछि कस्तो थियो स्थिती ?

सोमबार पत्रकार सम्मेलनको क्रममा डाक्टर माजले शल्यक्रियापछि नूर उल हसनलाई आइसीयूमा पठाइएको थियो जहाँ उनलाई ‘इलेक्ट्रो भेन्टिलेशन’ मा राखिएको थियो । ‘उनको फोक्सोले सजिलै काम गरोस् भन्ने हाम्रो चाहना थियो । उनका शरीरका अन्य अंगले राम्रोसँग काम गरिरहेका थिए । यो सबै रेकर्डमा छ ।’

‘आइतबार उनको खानाका लागि लगाइएको नलीमा समस्या आएपछि मैले आफैंले परिवर्तन गरिरहेका थिए र त्यतिबेला पनि उनका सबै अंगले राम्रोसँग काम गरिरहेका थिए ।’ डाक्टर माज उल हसनका अनुसार सोमबार दिउँसो नूर उल हसनलाई भेन्टिलेशनबाट हटाउने सोचेका थियौं तर त्यसअघि नै उनको मृत्यु भयो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी