काठमाण्डु, २७ असार– शुक्रबार अवतरणका क्रममा धावनमार्गमा चिप्लिएको इति एयरलाइन्सको जहाजमा ६६ यात्रु सवार थिए ।

जहाज अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर कोल्टिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस क्रममा दुई यात्रु सामान्य घाइते भए पनि बाँकी सकुशल छन् ।

नेपालगञ्जबाट यात्रु लिएर काठमाण्डु आएको यतिको एटी–आर ७२ कलसाइन भएको जहाज शुक्रबार अवतरणका क्रममा रन–वेमा चिप्लिएको थियो । पाइटलको सावधानीका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको यति एयरले जनाएको छ ।