काठमाडौं – युक्रेनमा नाबालकलाई बलात्कार गर्ने अपराधीलाई लिंगच्छेदन गरिने नयाँ कानून बनाइएको छ । लिंगच्छेदन भन्नाले लिंग काटिने भन्न खोजिएको हैन । सुईमा रसायन हालेर अपराधीको शरीरमा एन्ड्रोजिन विरोधी औषधि पार्ने र यसले गर्दा उसको यौनेच्छा कम हुने युक्रेनको राष्ट्रिय समाचार समितिले जनाएको छ । नाबालकलाई बलात्कार गरेको वा यौन दुर्व्यवहार गरेको आरोप लागेका १८ देखि ६५ वर्षसम्मका पुरुषमाथि यो कानून लागू हुनेछ । यसले प्रत्येक वर्ष हजारौं मानिसलाई असर गर्न सक्नेछ । सन् २०१७ मा युक्रेनमा ३२० जना नाबालकको बलात्कार भएको आधिकारिक आँकडा छ । तर नाबालकमाथि हुने यौन दुर्व्यवहारको संख्या हजारौंमा पुग्ने विश्वास गरिएको छ ।

हालैको एक वीभत्स घटनामा ओडेसा क्षेत्रकी ११ वर्षीया डारिया लुक्यानेन्कोलाई उनको परिवारका एक मित्र निकोलाई तारासोभले बलात्कार गर्न खोजेका थिए । डारियाले त्यसको प्रतिकार गर्दा निकोलाईले उनको हत्या गरे । उनको लाश गाउँको पोखरीमा ६ दिनपछि फेला परेको थियो । निकोलाईलाई बलात्कारको प्रयास र हत्याका लागि प्रहरीले हिरासतमा लिएको छ ।

हजारौ मानिसले डारियाको अन्तिम संस्कारमा भाग लिए अनि निकोलाईकी आमा मारियाले सार्वजनिक रूपमा उनलाई आफ्नो छोरो नमान्ने घोषणा गरिन् । युक्रेनको संसद् भेर्खोभ्ना राडाको एक विशेष सत्रमा बालबालिकाविरुद्धको यौन अपराधमा कडा कानूनलाई पारित गरिएको थियो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah