असार २८ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका क्षेत्रमा रहेको भप्सी पुल बाढीले बगाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बाढीले पुल बगाएसँगै पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ ।

पुलको बीच भाग नै बगेकाले तत्काल यातायात संचालन हुने सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ । बाढी घटेपछि खोलाबाटै ‘डाइभर्सन’ गरेर सवारी साधन सञ्चालन हुने व्यवस्था मिलाउन सकिने बताइए पनि अविरल वर्षाका कारण तत्काल त्यो सम्भव नहुने बताइएको छ ।

तस्वीर सौजन्य : लक्ष्मी रिजाल/फेसबुक