दमक/झापाको दमकलाइ सुरक्षित र ब्यवस्थित बनाउनका लागि दमक उद्योग बाणिज्य संघले सिसि क्यामेरामय दमक बनाउने अभियान शुरु गरेको छ । गुणस्तरिय र नाइटभिजन क्यामेराहरु बजार दमक मूख्य चौकचौकमा राख्नका लागि अभियान शुरु गरेको हो । प्रारम्भिक चरणमा बैक र सहकारी संस्थाहरुसंग बेग्लाबेग्लै छलफल गरेर अभियान शुरु गरिएको संघका अध्यक्ष राजेन्द्र ढकालले बताए । उनका अनुसार एउटा समिति बनाएर काम तत्काल शुरु गरिने छ ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख राजन लिम्बुले सिसि क्यामेरा अपराध रोक्न र भइसकेकेका घटनालाइ अनुसन्धान सहज हुनेछ । त्यतिमात्र नभएर यसले ब्यवसायि, ग्राहक तथा उपभोक्ताको सुरक्षाका लागि महत्वपूर्ण कदम हुनेछ । बाणिज्य संघले थालेको प्रयास अनुकरणिय भएको उनले बताए ।  जिल्ला बचत तथा ऋण सहकरी संस्था झापाका उपाध्यक्ष तुलाराम न्यौपानेले सहकारीहरुले संघले ल्याएको अभियानमा सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । संघका बरिष्ठ उपाध्यक्षले स्वागत सहित कार्यक्रमको औचित्य प्रकाश पारेका थिए भने द्धितिय उपाध्यक्ष यूवराज घिमिरेले कार्यक्रम सञ्चालन गरेका थिए ।

https://youtu.be/GMe1ea6Q3ns

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय