आज रामनवमी पर्व मर्यादा पुरुषोत्तम भगवान श्रीरामचन्द्रको पूजाआजा गरी मनाइँदै छ । यस अवसरमा भगवान रामचन्द्रको पूजाआराधना गर्न देशका विभिन्न राममन्दिरहरुमा भक्तजनको भीड लागेको छ । भगवान विष्णुले संसारमा आसुरीवृत्तिको अन्त्य गरी न्यायमा आधारित अपवादरहित रामवाद अनुसार रामराज्य सञ्चालन गर्न रामअवतार लिनुभएको पौराणिक कथन छ ।

हरेक वर्ष चैत्र शुक्लनवमी तिथिमा रामनवमी पर्व मनाउने गरिन्छ । यस अवसरमा आज राजधानीमा विभिन्न कार्यक्रमको आयोजना गरी रामकथामा आधारित विश्वको प्रथम महाकाव्य वाल्मीकीय रामायणका सम्बन्धमा चर्चापरिचर्चा गरिंदैछ । त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्याको कोखबाट जन्मनुभएका भगवान श्रीरामचन्द्र मातापिताको आज्ञाअनुसार राजपाठ छाडी चौध वर्ष वनवास जानुभएको थियो । पत्नी सीता र भाइ लक्ष्मणका साथ उहाँ राजगद्दी छाडी चौध वर्ष वनवास जानुलाई त्याग र मर्यादापालनको उदाहरणको रुपमा लिने गरिन्छ ।

आसुरी वृत्तिका रावणमाथि विजय प्राप्त गरी भगवान रामचन्द्रले भूमिको भार हरण गर्नुभएको प्रसंग संस्कृत साहित्यका आदिकवि वाल्मीकि रचित वाल्मीकीयरामायणमा उल्लेख छ । आदिकवि वाल्मीकिको जन्मस्थल चितवनको गर्दीमा रहेको वाल्मीकि आश्रममा आज सीताराम,लवकुश,वाल्मीकिको विशेष पूजाआजा गरिन्छ ।

रामनवमीका अवसरमा जनकपुरको रामजानकी मन्दिर, भक्तपुरको राममन्दिर,काठमाडौ पाशुपतक्षेत्रमा रहेको राममन्दिर, बत्तीसपुतलीस्थित राममन्दिर, पोखरामा रहेको राममन्दिर लगायत देशैभरका विभिन्न राममन्दिरहरुमा आज भगवान रामचन्द्रको पूजाआजा भइरहेको छ । रामनवमीको अवसरमा आज मुलुकभर सरकारले सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah