२३ चैत । महोत्तरीको गौशाला नगरपालिका बजारमा ट्युसन पढाउने नाउँमा छात्रालाई यौनशोषण गर्दै आएको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउपर्नेमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा विगत तीन वर्षदेखि अङ्ग्रेजी विषय पढाउँदै आएका शिक्षक गौशाला नगरपालिका– ३ का ३८ वर्षीय रामदुलार साह सोनार रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताउनुभयो ।

शिक्षक साहले यसैवर्ष एसईई दिइबसिरहेकी एक १६ वर्षीया छात्रालाई हिजो थप अध्ययन कक्षा तयारी गराउने नाउँमा गौशाला बजारस्थित आफ्नो डेरामा बोलाएर कोठाको झ्याल ढोका बन्द गरी अनैतिक क्रियाकलाप गरिरहेको एक विद्यार्थीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

छात्रालाई शिक्षकले यौनशोषण गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोख्रेलको नेतृत्वमा गएको प्रहरी टोलीले बन्द गरेको कोठा खोल्न लगाई सो छात्रालाई उद्धार गरेको थियो । छात्राको स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल जलेश्वरमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताउनुभयो ।

पीडित छात्रालाई यसअघि पनि शिक्षक साहले पटक÷पटक एक्लै बोलाएर ट्युसन पढाउने बहानामा यौनशोषण गरेको स्थानीयवासी बताउँछन् ।

आज पीडित छात्राको परिवारजनबाट शिक्षक साह विरुद्ध इलाका प्रहरी कार्यालय गौशालामा उजुरी पनि परेको छ । प्रहरीले शिक्षक साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाइसकेको जनाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah