दमक/रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाइ दीपु ले आफ्नो कार्यकालमा समाजमा शान्ति स्थापना, बिभिन्न रोगको उपचार र रोकथाम , विद्यालयमा स्वच्छ खानेपानी, मातृ तथा बाल स्वास्थ्य, आधारभूत शिक्षा र साक्षरता एवं आर्थिक र सामुदायिक विकासको क्षेत्रमा प्रभावकारी रुपमा काम गर्ने बताउकाछन् ।

 

 

बुधबार विहान पत्रकारहरुसंग सुझाव लिन गरेको छलफलमा उनले आफुहरुले पकेट खर्च कटाएर सेवाको क्षेत्रमा काम गर्ने गरेको बताउदै अप्ठेरोमा परेकाहरुलाइ सकेको सहयोग गर्ने आफुहरुको प्रमुख ध्यय भएको बताएकाछन् ।

 

 

छलफलमा रोटरी क्लव अफ दमकका निवर्तमान अध्यक्ष मोहन ढकाल, पुर्व अध्यक्ष नविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय