दमक/ लायन्स क्लव अफ दमक माउण्ट एभरेष्ट र मारवाडि सेवा समिति दमकले झापाको दमक ९ मा केहिदिन अघि देखि सञ्चालमा आएको अनाथश्रममा खाद्य सामाग्रि उपलब्ध गराएको छ ।

दैनिक उपभोग्य खाद्य सामाग्रि अभाव भएको थाहा पाएपछि संस्थाकी अध्यक्ष सुमित्रा प्रशाइलाइ आश्रममा पुगेर चामल, आलु, दाल, मसला लगायतका सामाग्रि उपलब्ध गराइएको क्लवका अध्यक्ष मनोज अग्रवालले बताए ।

कार्यक्रममा लायन्सकर्मी दीनेश अग्रवाल, रामकुमार थपलिया, बुद्धिशेखर भट्टराइ र मारवडि सेवा समिति दमकका अध्यक्ष भरत  अग्रवाल लगायको उपस्थिति रहेको थियो

लायन्स र मारवाडि अगुवा सामुहिक तस्विर खिचाउदै

प्रतिक्रिया

सम्बन्धित खवर