दमक/एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक भीम दाहालले दुर्घटना न्यूनिकराणका लागि साझा प्रयास र प्रतिबद्धता सहित काम गर्नु पर्नेमा जोड दिएकाछन् ।
स्थानीय ट्राफिक ब्यवस्थापन समिति दमकको आयोजना र ट्राफिक प्रहरी कार्यालय दमकको संयोजनमा भएको परिचायत्मक कार्यक्रममा उनले यस्तो बताएकाहुन् ।
उनले आफु स्थानीय सरकारसंग समन्वय गरेर क्षति न्यूनिकरणमा लाग्ने प्रतिबद्धता समेत जनाएकाछन् । जनचेतनालेमात्र दुर्घटना न्यूनिकरण नहुने देखिएको भन्दै ठोस कार्यक्रम सहित अघि बढ्नु पर्ने देखिएको उनको भनाइ थियो ।
नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना लगायतको उपस्थितिमा भएको कार्यक्रम भएको थियो । ट्राफिक प्रहरीको भवन निर्माणको बिषयमा निर्माण उपभोक्ता समितिकी उपाध्यक्ष रेगिना भट्टराइले जानकारी गराएकी थिइन् ।
ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालले सञ्चालन गरेको कार्यक्रमको वडाध्यक्ष समेत रहेका स्थानीय ट्राफिक ब्यवस्थापन समितिका अध्यक्ष प्रजापती सापकोटाको अध्यक्षतामा भएको थियो ।




