दमक/नेपाल सरकारले प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीन जना महिलासहित सात जनालई नगर विकासको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने क्रममा दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी परेकीछनु ।
केहि दिन अघि भएको मन्त्रिपरिषद बैठकमा प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीन जना महिलासहित सात जनालई नगर विकासको सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको थियो ।
प्रदेश नम्बर एकबाट यो अवसर पाउने महिला अधिकारी एक मात्र हुन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई मनोनय भएकीछन ।




