दमक/झापाको दमकस्थित लायन्स क्लव अफ दमक स्टर्न लायनको जिम्मेवारी लेनदेन भएको छ । बिमल शर्माले आफ्नो एक कार्यकाल अध्यक्ष सकेर तुलसीराम तिम्सिनालाइ औपचारिक कार्यक्रमबीच आज हस्ताण्तरण गरेकाछन् ।
लायन्स लिडर अजय अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स अगुवा काशि खाती, विश्वास काश्यप, पत्रकार मनकुमार गदाल लगायतले नयाँ आउने टिमलाइ शुभकामना सहितका भनाइहरु राखेका थिए ।
अग्रवालले दमक सेवामय बन्दै गएको भन्दै लायन्स क्लवहरुप्रति आभार प्रकट गरेका थिए । स्टर्न लायनको योगदान महत्वपुर्ण रहेको भन्दै प्रशंशा पनि गरे । सो अवसरमा क्लवमा उत्कृष्ठ काम गरेको भन्दै बेनुप्रसाद निरौलालाइ अवार्ड समेत प्रदान गरिएको थियो ।
पहिलो चरणको कार्यक्रम किरण भण्डारी र दोश्रो चरणको कार्यक्रम राज अग्रवालले चलाएका थिए । सो अवसरमा नयाँ क्लवका सदस्यहरुलाइ पीन लगाइदिने तथा सदस्य प्रमाणपत्र दिने काम समेत भएको थियो ।












