#

मुम्बईमा भयानक रेल दुर्घटना, १५ जनाको मृत्यु

    २०७६ श्रावण ४, शनिबार ०९:१२ मा प्रकासित

मुम्बई-भारतको मुम्बईमा रेल दुर्घटनामा परी १५ जनाको मृत्यु भएको छ ।प्रहरी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पैदल यात्रीले बाटो काट्ने वा रेलमा झुण्डिएर यात्रा गर्ने क्रममा रेलबाट झरेर दुर्घटना भएको हो ।

बिहीबार भएको घटनामा परी अरु कम्तीमा १३ जना घाइते भएको प्रहरी प्रवक्ता एसआर गान्धीले बताए।भारतको आर्थिक राजधानी मानिने मुम्बईमा सजिलोका लागि सबैतिरबाट बाटो काट्ने गरेकाले धेरै दुर्घटना भएको प्रहरीको भनाई छ । “मुम्बईका अत्यधिक धेरै मान्छे छोटो बाटो प्रयोग गर्न चाहन्छन्,” गान्धीले ।

मुम्बईमा दैनिक ७५ लाख यात्रुले रेल सेवा प्रयोग गर्छन् । यो सङ्ख्या अत्यधिक धेरै भएकाले रेलमा धेरै भीड गराउने गरेको छ । मुम्बईको रेल सेवा उपनिवेशकालीन हो ।

रेल सञ्जाल अन्तर्गत हुने दुर्घटनाका कारण भारतमा औसतमा दैनिक दश जनाको मृत्यु हुने गरेको छ । उनीहरुमध्ये अधिकांशको रेलमा हुने भीडभाड र बाटो पार गर्ने क्रममा मृत्यु हुनेगरेको अधिकारीहरुले बताएका छन् ।

सरकारी तथ्यांक अनुसार सन् २०१५ देखि २०१७ सम्ममा भारतमा रेल दुर्घटनामा परी करिव ५० हजार जनाको मृत्यु भएको छ । -एएफपी/ picture: Hindustan Times

फेसबुकमा तपाईको प्रतिक्रिया

Loading…

सवाल नेपाल टिभी

   
Loading...

सम्बन्धित शीर्षकहरु