दमक/रोटरी क्लव अफ दमकको आठ औ पदस्थापन तथा रोट्रयाक्ट क्लव अफ दमकको पहिलो पद हस्ताण्तरण भब्यताका साथ शुक्रबार बेलुका सम्पन्न भएको छ । दमकका सामाजिक तथा ब्यवसायीक युवा सन्दिप चापागाइ (दिपु)ले औपचारिक रुपमा आफ्नो कार्यभार शुरु गरेकाछन् । रोट्रयाक्को अध्यक्षमा भने सुदिप लिम्बुले कार्यभार शुरु गरेकाछन् ।
रोटरी डिस्ट्रिक गर्भनर इलेक्ट राजिव पोखरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, रोटरी डिस्ट्रिक डि.जि.एन. सन्तोष रिजाल लगायत दमकका सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
यसैगरी सोहि कार्यक्रममा रोटरी भाकेशनल अवार्ड अन्र्तगत नमुना बाल गृह उर्लाबारीमा बालबालिका हेरचाह गर्ने शुशिला थापालाइ सम्मान गरिएको थियो ।
रोटरी क्लव अफ दमकका अध्यक्ष सन्दिप चापागाँइले बिद्यालयमा सचेतना लगायतका कार्यक्रमहरुलाइ प्राथमिकता दिईएको जनाए । उनले सामाजिक क्षेत्रमा स्थानीय सरकार दमक नगरपालिकासंग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।











